फलफूल बाेकेर अशक्त नागरिककाे घर पुगे निजगढका जनप्रतिनिधि
वि.सं.२०७९ असोज ११ मंगलवार २१:३६

बारा- बाराकाे निजगढ नगरपालिकाका जनप्रतिनिधिले अति अशक्त नागरिककाे घरमा पुगेर फलफूल र हर्लिक्स, जुस वितरण गरेका छन् ।
नेपालीहरुको महान चाड बिजया दशमी, शुभ दीपावली, नेपाल सम्बत तथा छठ पर्वको पावन अवसरमा नगरपालिकाले फलफूल र हर्लिक्स, जुस वितरण गरेका हाे ।

निजगढ नगरपालिकाको नगर प्रमुख सुरथ पुरी, उप प्रमुख सोम माया थिङ प्रमुख प्रशासकीय अधिकृत सुमन धिताल घरघरमा पुगेका हुन् ।
उनीहरुसंगै कार्यपालिका सदस्य र वडाका जनप्रतिनिधि समेत सहभागी थिए ।
नगरपालिका भित्र रहेका क बर्गको (अति अशक्त) अपांगता भएका ब्यक्तिहरुको घर घरमा पुगेर हर्लिक्स, जुश र फलफुल बितरण गर्दै शुभकामना आदानप्रदान गरिएको छ ।

नगरपालिकामा रहेको तथ्यांक अनुसार पुर्ण अशक्त भएका ८० जना रहेकोमा पहिलाे दिन ३३ जनासग मंगलबार भेटघाट भएकाे नगरपालिकाका थानेश्वर सापकोटाले जानकारी दिए ।
वि.सं.२०७९ असोज ११ मंगलवार २१:३६


















