चुनावी प्रतिवद्वता पूरा गर्दै सिम्राैनगढका मेयर कलवार ! सिचाइकाे विद्युत महसुल फ्रि
वि.सं.२०७९ असोज ११ मंगलवार २२:२७
2.6K
shares

बारा- बाराकाे सिम्राैनगढ नगरपालिकाले किसानले सिचाइका लागि खपत भएकाे विद्युत महसुल भुक्तानी गरिदिने भएकाे छ ।
नगर प्रमुख किशोरी प्रसाद कलवार आफुले चुनावमा जनतासँग प्रतिवद्वता पूरा गर्दै दा पूरा गर्दै किसानलाइ सिचाइकाे विद्युत महसुस नि:शुल्क गरिदिएका हुन् ।
याे सेवा लिन किसानले महसुसकाे बिल नगरपालिकाको कृषि शाखामा बुझाउनुपर्ने छ । नगरपालिकाले चालू आर्थिक वर्षकाे साउनदेखिकै महसुस तिरिदिने भएकाे हाे ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव दिनेश कुमार न्याैपानेले मंगलबार सूचना प्रकाशन गरेर सेवा लिन किसानलाइ नागरिकताकाे प्रतिलिपी, बिलसहित निवेदन दिन आह्वान गरेका छन् । 
वि.सं.२०७९ असोज ११ मंगलवार २२:२७


















