skip this

ललितपुर महानगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिको सपथ ग्रहण कार्यक्रम सम्पन्न

1.49K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । ललितपुर महानगर पालिकाका नव निर्वाचित मेयर चिरीबाबाबु महर्जनले महानगर पालिकाका वडा अध्यक्ष र सदस्यहरुलाई सपथ ग्रहण गराएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुषालको प्रमुख आतिथ्यतामा सपथ ग्रहण कार्यक्रमको आयोजन गरिएको हो ।

उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य उदय समशेर राणा, जितजंग बस्नेत, नेपाली कांग्रेस ललितुरका सभापति जितेन्द्र कुमार श्रेष्ठ, नेकपा एमालेका ललितपुर जिल्ला अध्यक्ष पुरुषोतम आचार्य, केन्द्रिय सदस्य सुशील नेपाल,माओवादी का केन्द्रिय सदस्य शिव कट्टेल, माओवादी का केन्द्रिय सदस्य शिव कट्टेल र एकीकृत समाजवादीका केन्द्रिय सदस्य अमृत तिमल्सिनाको उपस्थिति रहेको थियो ।

nijgadh-supermart-adz1200-630