skip this

प्यालेस्टाइन इजरायलले गयो आक्रमण, १० जनाको मृत्यु

1.67K shares
oil-nigam-amlekhgunj-adv.jpeg

प्यालेस्टाइन । प्यालेस्टाइनको गाजामा इजरायलले आक्रमण गर्दा कम्तीमा १० जनाको मृत्यु भएको छ । मारिनेमा प्यालेस्टिनी सशस्त्र समूहका एक शीर्ष कमाण्डर पनि छन् । प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले मृतकमध्ये एक बालक रहेको बताएका छन्। इजरायलको आक्रमणमा दर्जनौं मानिस घाइते भएका छन् ।

इजरायलका प्रधानमन्त्री यायर लेपिडले प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे) को खतरालाई मध्यनजर गर्दै यो कारबाही सुरु गरिएको बताएका छन् । यस हप्ताको सुरुमा एक पीआइजे सदस्यलाई पक्राउ गरिएको थियो।इजरायली आक्रमणको जवाफमा, पीआइजे ले इजरायलमा कम्तिमा १०० रकेटहरू प्रहार गरेको छ। यीमध्ये अधिकांश रकेटहरू इजरायलले आफ्नो क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली आइरन डोमको साथ बीचमै नष्ट गरेको थियो।

इजरायलका धेरै सहरहरूमा साइरन सुनियो। इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले शुक्रबार साँझ पनि हमला गरिएको र चरमपन्थीहरूलाई लक्षित गरेको बताएको छ।टेलिभिजनमा राष्ट्रका नाममा सम्बोधन गर्दै इजरायलका प्रधानमन्त्री लेपिडले भने, “इजरायलले आतंकवाद विरुद्ध सशक्त अभियान सुरु गरेको छ। यदि यसो नगर्ने हो भने खतराले छिट्टै ढोका ढकढक्याउनेछ ।

आइडीएफले आक्रमणमा प्रभावित क्षेत्रहरू पीआइजेसँग जोडिएको बताएको छ। यसमा गाजाको प्यालेस्टिनी टावर समावेश छ। यस भवनमा भीषण विस्फोट भएको छ र धुवाँको मुस्लो उठेको देखिएको छ ।

प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले इजरायली आक्रमणमा टेसिर जबरी सहित चार पीआइजे सदस्यहरू मारिएको बताएका छन्। यसबाहेक मृत्यु हुनेमा पाँच वर्षीया बालिका पनि छन् । इजरायली आक्रमणमा अरु ५५ जना घाइते भएको उनीहरुले बताएका छन् ।

nijgadh-supermart-adz1200-630