skip this

तालमेलको ‘मोडालिटी’बारे पाँच दलीय गठबन्धनले थप निर्णय गर्ने

1.36K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । भन्सार एजेन्टको विज्ञापनको एक वर्षपछि परीक्षा सञ्चालन हुने भएको छ ।भन्सार विभागले सार्वजनिक सूचना जारी गरी आगामी १७ वैशाखका लागि लिखित परीक्षा तय गरेको छ ।परीक्षा रोक्न माग गर्दै परेको रिट निवेदनमाथि सुनुवाई गर्दै उच्च अदालत पाटनले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश १३ चैतमा दिएपछि परीक्षा हुने भएको हो ।आरक्षण व्यवस्था नगरिएको भन्दै क्रिष्टिना थैवले भन्सार विभागविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेकी थिइन् ।

थैवले भन्सार एजेन्ट सम्बन्धी सो विज्ञापनमा आरक्षण कोटा राख्नुपर्ने भन्दै मागदाबी गरेकी थिइन् ।गत वर्ष १६ चैतमा भन्सार एजेन्ट इजाजत पत्रका लागि दरखास्त भएको थियो ।भन्सार एजेन्टको परीक्षा सोही वर्षको २२ जेठ र २९ माघमा तोके पनि दुवै पटक स्थगित भएका थिए । यसअघि २८ फागुनमा परीक्षा तय भए पनि मुद्दाका कारण रोकिएको थियो । ६६० पदका लागि साढे ९ हजारले आवेदन दिएको भन्सार विभागले जनाएको छ ।

nijgadh-supermart-adz1200-630