skip this

काठमाडौं विश्वविद्यालय र जीतपुरसिमरा उपमहानगरबीच सहकार्यकाे तयारी

1.06K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-बाराकाे जीतपुरसिमरा उपमहानगरपालिकाले उपमहानगरकाे विकासकाे लागि काठमाडौं विश्वविद्यालयबीच सहकार्य गर्ने तयारी सुरु भएको छ ।

उपमहानगरपालिकाकाे समग्र विकासको लागि प्राज्ञिक र प्राविधिक पक्षमा सहकार्य गर्न नगर प्रमुख राजन पाैडेलले विश्वविद्यालयसंग छलफल गरेका हुन् ।

उपमहानगरपालिकाकाे विकासकाे प्रारम्भिक चरणका लागि आवश्यक पर्ने गुरुयोजना निर्माणका लागि प्राज्ञिक र प्राविधिक ज्ञान र अनुभव विश्वविद्यालयसंग रहेकाले त्यसकाे लागि छलफल अघि बढाईएकाे प्रमुख पाैडेलले बताए ।

प्रमुख पाैडेल, प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीसहित आईतबार काठमाडौं विश्वविद्यालयमा पुगेर छलफल गरेका हुन् ।

काठमाडौं विश्वविद्यालय उपकुलपतिको कार्यालय
सामुदायिक संलग्नता प्रभागका किशोर खनालले उपमहानगरपालिका र विश्वविद्यालयबीच सहकार्य गर्ने विषयमा सकारात्मक छलफल भएको बताए । उनले आगामी जेठ अन्तिमसम्म सम्झौता गर्नेगरि छलफल अगाडि बढाईएकाे छ ।

nijgadh-supermart-adz1200-630