skip this

सन्दीप लामिछानेविरुद्ध आज अदालतमा अभियोग पत्र दर्ता गर्ने तयारी

1.25K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । १७ वर्षीय किशोरीमाथि बलात्कार गरेको आरोप लागेपछि प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आज अदालतमा अभियोग पत्र दर्ताको तयारी भएको छ ।सरकारी वकिल कार्यालयले आइतवार अभियोगपत्र अदालतमा दर्ताको तयारी गरेको हो । यसअघि प्रहरीले शुक्रवार अपरान्ह अनुसन्धान प्रतिवेदन काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको थियो।

आज अभियोग पत्र दर्ता भएपनि तिहार नसकिँदासम्म सन्दीप प्रहरी हिरासतमै रहने सम्भावना रहेको छ। सोमवारदेखि अदालत विदा हुने भएकाले बयान र थुनछेक बहसको काम प्रभावित हुने भएको हो ।सन्दीप असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

nijgadh-supermart-adz1200-630