skip this

सुदूरपश्चिमको भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन प्रधानमन्त्री देउवाको निर्देशन

1.21K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। सुदूरपश्चिमको भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन्। प्रधानमन्त्री देउवाले भूकम्पले घर भत्काउँदा घाइते भएकाहरुको तत्काल उचिव उपचारको प्रबन्ध गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

आज सामाजिक सञ्जालमा मार्फत प्रधानमन्त्री देउवाले खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र केन्द्रबिन्दु बनाइ गएको भूकम्पका कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। साथै ज्यान गुमाउनेका परिवारजनमा समवेदना प्रकट गरेका छन्। मंगलबार रातिदेखि बुधबार बिहानसम्म गएको भूकम्पले घर भत्किँदा डोटीमा ६ जनाको मृत्यु भएको छ। अन्य ५ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार पूर्वीचौकी गाउँपालिका–३ मा भूकम्पको धक्काले घर भत्किँदा च्यापिएर ६ जनाको मृत्यु भएको हो। घर भत्किएर च्यापिँदा अन्य ५ जना घाइते भएका छन्। भूकम्पले भत्काएका घरको भग्नावशेष हटाउन तथा थप उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली घटनास्थल पुगेको छ।

nijgadh-supermart-adz1200-630