skip this farak Kura Pravakar

र्‍यापर भिटेनको युट्युब च्यानल ह्याकरको कब्जामा

1.23K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । चर्चित नेपाली र्‍यापर भिटेन (समीर घिसिङ) को युट्युव च्यानल ह्याक भएको छ ।

१६ लाख ३० हजारभन्दा बढी सब्स्क्राइबर रहेको भिटेनको उक्त च्यानल ह्याकरले कब्जामा लिएको हो । भिटेन म्युजिक नाम गरिएको उक्त च्यानलमा ह्याकरले अहिले ‘बिग २०२२ इभेन्ट नाममा ‘क्रिप्टोकरेन्सी सम्बन्धी लाइभ गरिरहेको छ।
च्यानलका सबै भिडिओ ‘अनपब्लिस्ड’ गरेकाे छ।

सन् २०१५ मा तयार पारिएको उक्त च्यानलमा राखिएका भिडिओमा करिब २२ करोड भ्युज रहेको थियो । ह्याकरले च्यानलको नाम परिवर्तन गरी Ethereum [2,9] राखेको छ ।

केही दिन अघि मात्र एपी वान टेलिभिजनको युट्युब च्यानल समेत यसैगरी ह्याकरको कब्जामा पुगेको थियो । तर दुई दिनपछि युट्युबको सहयोगमा उक्त च्यानल फिर्ता आएको थियो ।

nijgadh-supermart-adz1200-630