रौतहटबाट कटुवा पेस्तोल र गोलीसहित युवक पक्राउ
वि.सं.२०७८ असोज ७ बिहीवार १५:५९
867
shares
काठमाडौं : रौतहटको दुुर्गाभगवती गाउँपालिका–२ स्थित भलुईयाबाट प्रहरीले कटुवा पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा २४ वर्षका संजय साह सोनार छन् । सोनारको साथबाट १ थान कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने २ वटा गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
सुराकको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरीले घर तलासी गर्दा सो हतियार फेला परेको थियो ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
वि.सं.२०७८ असोज ७ बिहीवार १५:५९