वीरगंजको ड्राईपोर्ट चोकमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
वि.सं.२०७९ असोज २८ शुक्रवार १३:०८
1.2K
shares

वीरगंज- वीरगंजको ड्राइपोर्ट चोकमा ट्रकको ठक्करबाट एकजना पैदलयात्रीकाे मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साकाे पोखरीया-१ बनकटवाका ५० वर्षका बिगा महरा चमार रहेका छन्।
उनलाई लक्ष्मी आयल मोडबाट हिँडिरहेको अवस्थामा परवानीपुरतर्फ गइरहेको ना ३ ख ५७४३ नम्बरको ट्रकले ठक्कर दिएको थियो।
ट्रकको बायाँपट्टिको चक्काले उनलाई किचेको थियो। उनको घटनास्थलमै मृत्यु भएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिए ।
शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ। ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा छन्।
वि.सं.२०७९ असोज २८ शुक्रवार १३:०८
















