माओवादीको विस्तारित बैठकमा घनश्याम भुषाल अतिथि

7.63K shares

काठमाण्डौं–नेकपा (एमाले) ले टिकट नदिएपछि रुष्ट बनेर स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुषाल नेकपा (माओवादी केन्द्र) रुपन्देही क्षेत्र नं. १ को विस्तारित बैठकमा देखिएका छन् ।

एमाले परित्याग गरेर सत्ता गठबन्धनको समर्थन पाएका घनश्यामले रुपन्देही क्षेत्र नं. १ मा उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपा (एमाले) विभाजन हुदाँ १० बुदे सहमति गरेर एमालेमा फर्किएका भुषाललाई अध्यक्ष केपी शर्मा ओलीले टिकटबाट बञ्चित गरेपछि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् ।