skip this yams_Max_Hospital.jpeg

काठमाडौंमा खैरो हिरोइनसहित दुई जना पक्राउ

1.19K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : काठमाडौंबाट प्रहरीले लागूऔषध खैरो हिरोइनसहित शुक्रबार दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–३ धारापाटी बस्ने नेपालगञ्ज नगरपालिकाका सुवास बराल र बाँकेको नरैनापुरका मोविन जोलाहा पक्राउ परेका हुन् ।
प्रहरी वृत्त महाराजगञ्जको टोलीले उनीहरुको साथबाट २० ग्राम खैरो हिरोइन, लागू औषध जोख्ने तराजु, ३ थान मोवाइल, ८२ हजार नेपाली रुपैयाँ, ९ हजार भारतीय रुपैयाँ बरामद गरेको छ ।
उनीहरुमाथि लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630