skip this

धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी परिसरमा सरसफाई गरिदै

1.31K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । प्रगतीशिल युवा सञ्जालले खोटाङले धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी परिसर सरसफाई गरेको छ । सञ्जालमा आवद्ध युवाको समूहले शनिबार दिक्तेलको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीस्थित कालिका भगवती देविस्थान जाने सिँढी तथा गढी परिसर आसपासमा यत्रतत्र छरिएका फोहोरमैला सरसफाई गरेको हो ।

दर्शन एवं भ्रमणका लागि मझुवागढी जाने स्थानीयले जथाभावी मिल्काएका शिशा तथा प्लाष्टिकका बोत्तल, बिस्कुट, चाउचाउ लगायतका फोहोरमैला संकलन गरेर जलाइएको प्रगतीशिल युवा सञ्जालका अध्यक्ष यलम्बर राईले बताए । मझुवागढी सरसफाई अभियानलाई निरन्तरता दिइने सञ्जालले जनाएको छ । सञ्जालले मझुवागढीमा लगातार दुई पटक सरसफाई गर्ने योजना अघि सारेको छ ।

nijgadh-supermart-adz1200-630