skip this

आकाशे पुल तत्काल मर्मत गर्नु, बार घटाएर पारदर्शी बनाउनू–सुनिता डंगोल

792 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले महानगरभित्रका आकाशे पुल तत्काल मर्मत गर्न निर्देशन दिएकी छन् ।महानगरको सार्वजनिक निजी साझेदारी एकाईका अधिकारीसँग छलफल गर्दै उपमेयर डंगोलले निजी साझेदारी कार्यक्रम अन्तर्गतका आकाशे पुल असुरक्षित भएकोले सुधारका काम तत्काल मर्मत गर्नुपर्ने बताएकी हुन् ।

‘आकाशे पुलका संरचना भत्किएका छन् । हिँड्दा अल्झिएर लड्ने अवस्था छ । बार अग्ला भएकाले साँझ बिहान पुलभित्र हिँड्न असुरक्षित हुन्छ । अपाङ्गता भएका व्यक्ति पुलबाट यात्रा गर्न सक्दैनन् । जोखिम मोलेर सडकबाटै अर्को किनारामा पुग्नुपर्छ,’  डंगोलले भनिन्, ‘पुलका बार घटाउनु पर्छ । यी बार पारदर्शी हुनुपर्छ । मर्मत गरेर दुरुस्त बनाउनुपर्छ । एक पटक बनाएर अलपत्र बनाएर हुँदेन । नियमित मर्मत गर्नुपर्छ । यसका लागि निर्माण पक्षलाई तत्काल पत्राचार गर्नू ।’

महानगरका निर्देशक नुरनिधि न्यौपानेले, सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत सञ्चालनमा रहेका काठमाडौँ टावर निर्माण, सार्वजनिक शौचालय निर्माण तथा व्यवस्थापनलगायत योजनाका विषयमा जानकारी गराएका थिए ।

nijgadh-supermart-adz1200-630