सभापति लामिछानेलाई नेता चयन गर्न संसदीय दललाई रास्वपाको सिफारिस
वि.सं.२०८० वैशाख १८ सोमवार १४:५८
846
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति तथा सांसद रवि लामिछानेलाई संसदीय दलको नेता चयन गर्न सिफारिस गरेको छ । आज बसेको रास्वपाको केन्द्रीय समिति बैठकले सभापति लामिछानेलाई दलको नेता चयन गर्न सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिएका छन् ।
१० वैशाखमा भएको उपनिर्वाचनमा लामिछाने चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
वि.सं.२०८० वैशाख १८ सोमवार १४:५८

















