अमेरिकाको क्यालिफोर्नियामा फेरि चल्यो गोली, सात जनाको मृत्यु

120 shares

काठमाडौं । अमेरिकाको उत्तरी क्यालिफोर्नियाका दुई स्थानमा भएका गोलीकाण्डमा अहिलेसम्म सात जनाको मृत्यु भएको छ । एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा ७ जनाको मृत्यु भएको हो । गोली चलाउने व्यक्ति ६७ वर्षीय छाउ चुलीरहेको प्रहरीले जनाएको छ। हाल उनलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ।

सो व्यक्तिले दुईस्थानमा गोली चलाएको प्रहरी अनुसन्धानमा खुलेको छ। चारजनाको शव च्याउ फार्ममा र बाँकी तीनजनाको शव ट्रकिङ व्यवसाय भइरहेको स्थानमा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले गोली चलाउनुको कारणबारे अनुसन्धान गरिरहेको छ। गोली लागेर थप एकजना घाइते भएको र उनको अस्पतालमा उपचार भइरहेको छ।