skip this

आज संघीय संसदअन्तर्गत दुबै सदनको बैठक बस्दै, यस्ता छन् मुख्य एजेण्डा

906 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । संघीय संसदअन्तर्गत दुबै सदनको बैठक आज बस्दै छ। दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुखले आफ्नो अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको नाम हेरफेर गर्ने, नवनिर्वाचित सभामुख र उपसभामुखलाई दलीय आधारमा बधाई एवम् शुभकामना प्रदान गरिने कार्यक्रम रहेको छ।

त्यस्तै, राष्ट्रियसभाको बैठकमा संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन, २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव सभा समक्ष पेस हुने तयारी रहेको छ। साथै, शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रश्ताव सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ।

nijgadh-supermart-adz1200-630