स्ववियु निर्वाचनः नेपाल ल क्याम्पसको सभापतिमा ढुंगेल र शंकरदेव क्याम्पसमा बस्नेत विजयी
वि.सं.२०७९ चैत ६ सोमवार ०९:१८

काठमाडौं । नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका विष्णु ढुंगेल विजयी भएका छन् । सत्तारुढ गठबन्धन (नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियू)ले संयुक्त उम्मेदवार ढुंगेलले एमाले निकट अनेरास्ववियुबाट कैलाश तामाङलाई पराजित गरेका हुन् ।
ढुंगेलले ५९१ मत प्राप्त गर्दा तामाङलाई ५३९ मत खसेको छ। यस्तै सचिवमा नेविसंघका मनोज सिंह(६०१) र कोषाध्यक्षमा अनेरास्ववियुका सन्ज्योति नेम्वाङ(४२३) विजयी भएका छन्। ७ सदस्यमध्ये ५ सदस्य अनेरास्ववियुले जित हात पारेको छ ।
त्यस्तै शंकरदेव क्याम्पसको स्ववियु सभापतिमा नेपाली कांग्रेस निकट नेविसंघका सुशान्त बस्नेत विजयी भएका छन् । बस्नेतले नेकपा एमाले सम्बद्ध अनेरास्ववियुकी मुना तिवारीलाई पराजित गरेका हुन् ।
नेविसंघबाटै सचिवामा मदनराज उपाध्यक्ष र कोषाध्यषमा मिनबहादुर रावल निर्वाचित भएका छन् । ३१०३ मत खसेकोमा समानुपातिकतर्फ शंंकरदेवमा नेविसंघले १३०५ मत पाएको छ ।यस्तै अनेरास्ववियूले ४२५, स्वतन्त्र समूहले ६३५, अनेरास्ववियु ९नेकपा एमाले०ले ३०६, नेविसंघ बिपीले २१८, अखिल क्रान्तिकारीले १५५ र राप्रविसंघले ५९ मत पाएको छ ।
वि.सं.२०७९ चैत ६ सोमवार ०९:१८

















