skip this

प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आले र माया राईद्वारा सपथ

1.12K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आले र माया राईले आज सपथ ग्रहण गरेका छन् । आज दिउँसो साढे १२ बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबरामार्फत् उनहिरुले सपथ लिएका हुन ।

गत पुस ७ मा भएको प्रतिनिधिसभाका सदस्यहरुको सपथ समारोहमा आले र राई अनुपस्थित थिए । आले पारिवारिक शोकमा भएकाले र राई अस्पतालमा भर्ना हुनुभएकाले उहाँहरुले आज सपथ लिएको हो ।

nijgadh-supermart-adz1200-630