जनयुद्धको उपलब्धिले मुलुकलाई समाजवादको बाटोतर्फ उन्मुख गरायो–शालिकराम जम्कट्टेल
वि.सं.२०७९ फागुन १ सोमवार १०:१५
1.24K
shares

काठमाडौं । जनयुद्धको उपलब्धिले मुलुकलाई समाजवादको बाटोतर्फ उन्मुख गराएको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताएका छन् । जनयुद्धले स्थापित गरेको गणतान्त्रिक मुलुक समाजवादको बाटोमा अघि बढेको उनको भनाई छ ।
२८ औं जनयुद्ध दिवसको अवसरमा धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर–६ स्थित सहिद वैकुण्ठ रेग्मी (रोशन)को सालिकमा माल्यार्पण गर्दै मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले जनयुद्ध र जनआन्दोलनले स्थापित गरेको व्यवस्थामा समाजवाद स्थापना गर्न चाहेको बताएका हुन ।
वि.सं.२०७९ फागुन १ सोमवार १०:१५

















