चितवन–२ मा हुने प्रतिनिधिसभाको उपनिर्वाचनको तयारीमा जुट्यो निर्वाचन आयोग
वि.सं.२०७९ फागुन १ सोमवार १०:२७
819
shares

काठमाडौं । निर्वाचन आयोगले आजबाट आगामी वैशाख १० गते चितवन–२ मा हुन गईरहेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि काम थालेको छ । हाल रिक्त हुन पुगेको चितवन–२ को उपनिर्वाचन लागि निर्वाचन आयोगले मतदाता नामावली अद्याबधिक गरेर आजदेखि नै काम थालेको हो ।
१ फागुन देखि १६ चैतसम्म मतदाता नामावलीमा अद्याबधिक गर्ने कार्य हुनेछ भने २० चैतमा उम्मेदवारको मनोनयन दर्ता गरिने छ । त्यसको भोलिपल्ट अर्थात २१ चैतमा उम्मेदवारको मनोनयन माथि विरोधमा उजुरी लिने तथा उक्त मनोनयन पत्र र उजुरीउपर छानबिन गरी सोही दिन निर्णय दिने आयोगले जनाएको छ ।निर्वाचन आयोगका अनुसार २२ चैतमा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिने छ ।
वि.सं.२०७९ फागुन १ सोमवार १०:२७

















