skip this

सरकारले संसदको गरिमा घटाउने काम गरेको छ –रघुजी पन्त

1.83K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। सरकारले संसदको गरिमा घटाउने काम गरेको प्रमुख प्रतिपक्षी एमाले सांसद रघुजी पन्तले बताएका छन् आज बसेको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै उनले सरकारले संसदको गरिमा घटाएकाले तत्काल यस्ता गतिविधि अन्त्यका लागि रुलिङको माग गरेका छन् । संसदले काम गर्न नसकेको भनेर सञ्चार माध्यममा समाचार आइरहेको भन्दै उनले संसदको गरिमा घटाउने कार्यमा सरकार लागेको भए पनि सबै दलहरु आरोपित हुनुपरेको बताएका हुन ।

आजको सम्भावित कार्यसूचीमा अभिलेख संरक्षण ऐन २०४६ लाई संशोधन गर्न बनेको विधेयक पेस गर्ने उल्लेख गरेकोमा अहिले हटाइएको भन्दै उनले विषयगत मन्त्री संसदमा आएर विधेयक पेस गर्नेभन्दा महत्वपूर्ण अर्को के काम हुन्छ भन्दै प्रश्न गरेका छन् ।

भिडियो :

https://www.facebook.com/faraknepaltv/videos/131909989698094

nijgadh-supermart-adz1200-630