skip this

उपनिर्वाचनमा माओवादी केन्द्रले उम्मेदवार नउठाउने

1.91K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं,। उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले उम्मेदवार नउठाउने भएको छ । वैशाख १० गते हुने तनहुँ–१, चितवन–२ र बारा–२ मा हुने उपनिर्वाचनमा सो पार्टीको आधिकारिक उम्मेदवार नहुने भएको हो ।

चितवन २ मा माओवादीले सत्ता साझेदार दल कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई सघाउने निर्णय गरेको माओवादी केन्द्रका चितवन जिल्ला संयोजक आरसी अधिकारीले बताए । यस क्षेत्रमा माओवादीको समानूपातिक मत ८ हजार ४०७ रहेको छ । पार्टीले उम्मेदवार नउठाउने भएपछि कांग्रेसका उम्मेदवार श्रेष्ठलाई सघाउने अधिकारीले बताए ।

nijgadh-supermart-adz1200-630