पानी परेपछि कुवेत र ओमानबीचको खेल रोकियो
वि.सं.२०८० वैशाख १७ आइतवार १३:१०
744
shares

काठमाडौं। काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तेस्रो स्थानको लागि भइरहेको ओमान र कुवेतबीचको खेल रोकिएको छ । कीतिैपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेल पानी परेपछि रोकिएको हो ।
खेल रोकिनुअघि कुवेतले दिएको १३१ रनको चुनौती ओमानले पछ्याइरहेको थियो । खेल रोकिने बेलासम्म ओमानले विना विकेटको क्षतिमा ६ ओभरको समाप्तिमा ४१ रन बनाएको छ । तेस्रो हुने टिमले एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउने छ । जसमा नेपाल र यूएईले स्थान बनाइसकेका छन् ।
वि.सं.२०८० वैशाख १७ आइतवार १३:१०

















