skip this

प्रधानमन्त्रीले आन्दोलनरत महावीर पुनसँग तत्काल संवाद गर्नुपर्छ– विश्वप्रकाश शर्मा

861 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। आन्दोलनरत महावीर पुनसँग तत्काल संवाद गर्न नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । आज सामाजिक सञ्जाल मार्फत आफ्नो आविष्कार केन्द्र स्थापना गरेर राष्ट्रका लागि महत्वपूर्ण योगदान गरिरहेका व्यक्तित्वको कदर गर्दै प्रधानमन्त्रीले पुनको माग सम्बोधन गर्नुपर्ने बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,, ‘आविस्कार केन्द्र स्थापना गरेर रास्ट्रका लागि महत्त्वपूर्ण योगदान गरिरहनु भएका व्यक्तित्वको कदर गर्दै सम्माननीय प्रधानमन्त्रीलाई उहाँका मागहरू सम्बोधन गर्न तत्काल आवश्यक पहलकदमीका लागि आग्रह गर्दछु ।’

आविष्कार र नवप्रवर्तनका लागि बजेटको १ प्रतिशत रकम छुट्याउनुपर्ने लगायतका विभिन्न माग राख्दै गत शुक्रबारदेखि महावीर पुनले काठमाडौंको माइतीघरमा आन्दोलन गरिरहेका छन् । उनी र उनका समर्थक राति पनि माइतीघरमै बास बसेर आन्दोलन जारी राखेका छन् ।

nijgadh-supermart-adz1200-630