मंगलबारसम्मका लागि नेपाल र यूएईबीचको खेल स्थगित
वि.सं.२०८० वैशाख १८ सोमवार १६:०१
732
shares

काठमाडौं। एसीसी प्रिमियर कपअन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल स्थगित भएको छ ।कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार नेपाल र यूएईबीच भएको खेल वर्षाका कारण मंगलबारसम्मका लागि स्थगित गरिएको हो ।
सोमबार नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन जोडेपछि वर्षाका कारण खेल रोकियो । तर, वर्षा नरोकिएपछि मंगलबार पुनः खेल हुनेगरी स्थगित गरिएको हो । नेपाल क्रिकेट संघ का क्रिकेटका अनुसार खेल अब सोमबारकै स्थितिबाट मंगलबार खेल सुरु हुनेछ ।
वि.सं.२०८० वैशाख १८ सोमवार १६:०१

















