skip this hetauda tech

मधेसका कृषिमन्त्रीले गरे किसान कार्ड लागु गर्ने घोषणा

513 shares
oil-nigam-amlekhgunj-adv.jpeg

जनकपुरधाम-मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बसन्त कुशवाहले किसान कार्ड लागु गर्ने घोषणा गरेका छन् ।

मलखादको समस्या समाधानका लागि कार्यक्रम ल्याउने पनि उनले बताए ।

जनमत पार्टीले किसानका समस्या समाधानको माग राखेर किसान आन्दोलन गर्दै आएको थियो । पदभार ग्रहण गरे लगत्तै उनले आफूहरुले अघि सारेको माग पत्र देखाउँदै आफूहरुले जे माग राखेर आन्दोलन गरेको हो तिनै माग पूरा गर्ने उनले बताए ।

मन्त्री कुशवाहले उखु किसानका माग पूरा गर्नका लागि मूल्य निर्धारण भएका कागजात अध्ययन गरेर कारबाही प्रक्रिया अघि बढाउने बताए ।

मधेस प्रदेशमा आफूहरुले कृषि र सामाजिक विकास मन्त्रालयमा दाबी गरेको पनि उनले बताए ।

nijgadh-supermart-adz1200-630