skip this

तारा एयर विमान दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै पोस्टमार्टम सकियो

मृतकका परिवारलाई आजै शव हस्तान्तरण गरिने

2.35K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं । पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएका सबै २२ जनाको शवको पोस्टमार्टम गर्ने काम सकिएको छ ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट बिहीबार मृतकका परिवारलाई शव हस्तान्तरण गरिने भएको छ ।

दुर्घटनामा ज्यान गुमाएका चालकदलका तीन सदस्यसहित १३ जना नेपाली र चार भारतीय तथा दुई जना जर्मन नागरिकको शव सोमबार र मङ्गलबार दुई चरणमा नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो ।

१४ हजार पाँच सय फिटको उचाइमा दुर्घटना भएको जहाजको खोजीकार्य तथा शव सङ्कलनका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका टोली खटिएका थिए ।

nijgadh-supermart-adz1200-630