skip this farak Kura Pravakar

मधेश प्रदेशसभा : नयाँ बजेटको लागि बैठक बस्दै

1.63K shares
oil-nigam-amlekhgunj-adv.jpeg

जनकपुरधाम । मधेश प्रदेशको प्रदेशसभा बैठक आज बस्ने भएको छ । प्रदेशसभा बैठक ले ५१ दिनपछि आज दिउँसो १ बजे बैठक आह्वान गरेको छ ।

प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले आठौं अधिवेशन अन्त्य भई आजदेखि बजेट अधिवेशन सुरु हुने जानकारी दिए ।

उनका अनुसार ९ औं अधिवेशनको पहिलो बैठकमा तीनवटा कार्य सूची राखिएको छ ।

सभामुख सरोजकुमार यादवले बजेट अधिवेशन सुरु भएको पत्र पढेर सुनाउने, नीति तथा कार्यक्रमको समय तालिकाबारे जानकारी गराउने र अन्तिममा एउटा शोक प्रस्ताव गर्ने कार्य सूची राखिएको छ ।

मधेस प्रदेशका पूर्व मन्त्री डिम्पल कुमारी झाको शोक प्रस्ताव गरिनेछ । वैशाख ११ गते क्यान्सरबाट उनको निधन भएको थियो ।

यही २१ गते सरकारले नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । सरकारले यसवर्ष चुनावलक्षित नीति तथा कार्यक्रम ल्याउने बुझिएको छ ।

nijgadh-supermart-adz1200-630