सबै राजनीतिक शक्ति मिलेर जानुपर्ने जनादेश भएकाले विश्वासको मत दिएको हो –अध्यक्ष लिङ्देन
वि.सं.२०७९ पुस २६ मंगलवार १५:११

काठमाडौ । सरकारलाई सर्मथन दिँदै पृथ्वीनारायण शाहको जन्मजयन्तीमा सार्वजनिक बिदा दिएकोप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले धन्यवाद समेत दिएका छन्।आजको प्रतिनिधिसभा बैठकमा उनले राष्ट्र निर्मातालाई सम्मान गर्दा कसैले हीनताबोध गर्न नहुने बताएका छन् ।
अध्यक्ष लिङ्देनले राष्ट्रिय एकता दिवस वा पृथ्वीजयन्ती कुनै एउटा पार्टीको मात्र नभएकोबताएका छन् । प्रतिनिधि सभाको संरचना विशेष रहेको भन्दै सबै राजनीतिक शक्ति मिलेर जानुपर्ने जनादेश भएकाले राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने पत्रमा हस्ताक्षर गरेको अध्यक्ष लिङ्देनले बताएका छन् । लामो समयदेखि सुशासनको अपेक्षा गरेको र विकासको कुरा पर्खेको भन्दै सरकारले यसमा काम गर्नुपर्ने उनको भनाई छ ।
वि.सं.२०७९ पुस २६ मंगलवार १५:११

















