skip this

नयाँ पार्टीमात्र नभएर नयाँ विचार र सिद्धान्त पनि बोकेर आएका छौ –सन्तोष परियार

1.82K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ, पुस २६ गते । लोकतन्त्रलाई प्रक्रियामात्र नभएर व्यवहार पनि बनाउनुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले बताएका छन् । आज प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै लोकतन्त्रलाई हालसम्म प्रक्रियामात्र बनाएको भन्दै अब व्यवहार पनि बनाउनुपर्ने जोड दिएका छन् । सांसद परियारले आफूहरू संसद र राजनीतिमा नयाँ पार्टीमात्र नभएर विचार र सिद्धान्त पनि बोकेर आएको सांसद परियारले बताएका छन् ।

उनले भने शासन प्रणालीमा देखिएका खास जटिलता चिर्न सक्ने गरी हामी आएका हौं । हामी सरकारमा जाने की नजाने भनेर मतान्तर भएको थियो । तर, जनताले हामीलाई सरकारमा गएरै समाज सुधार गर्न मत दिएको ठहरसहित सरकारमा गयौं ।प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको प्रस्तावलाई राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गरेको उनले जानकारी दिएका छन् ।

त्यस्तै उनले नेपाल लोकतान्त्रिक अभ्यासमा रहे पनि नेपाली जनताले लोकतन्त्रको प्रत्याभूति गर्न नसकेको बताएका छन्। उनले लोकतन्त्र सुदृढ गर्नु आजको आवश्यकता भएको भन्दै निर्मला पन्त, नवराज विकहरूले न्याय पाउनुपर्ने बताएका छन्।उनले आफ्नो पार्टी समाजको नयाँ आवाज बोकेर आएको दाबी गर्दै लोकतन्त्रलाई व्यवहारमा रुपान्तर गरेर लोकतन्त्रको सम्मान गर्ने बताएका छन्।

nijgadh-supermart-adz1200-630