साढे दुई किलो युरेनियमजस्तो देखिने पदार्थसहित बाराबाट तीन जना पक्राउ
वि.सं.२०७९ पुस ९ शनिवार १९:१८
2.05K
shares

बारा – दुई किलो ६ सय ग्राम युरेनियमजस्तो देखिने पदार्थसहित तीन जना पक्राउ परेका छन्।
बाराको जितपुर सिमरा उपमहानगरपालिका-५ बाट प्रहरीले उनीहरूलाई युरेनियमसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बारा बिसौलियाका रबि चौधरी, सागर चौधरी र बिहजकुमार सहनी रहेको प्रहरीले जनाएको छ ।
प्रहरी उच्च स्रोतका अनुसार युरेनियम बेच्दै हिँडेका उनीहरू पक्राउ परेका हुन् । उनीहरूको साथबाट तीन थान मोबाइलसमेत बरामद गरिएको छ
वि.सं.२०७९ पुस ९ शनिवार १९:१८
















