skip this

नक्कली भुटानी शरणार्थी प्रकरणको तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नू–नेपाल प्रहरी

957 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। नेपाल प्रहरी प्रधान कार्यालय महानिरीक्षकको सचिवालयले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सही, सत्य र तथ्यमा आधारित सूचना र समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ ।

आज सचिवालयको तर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक दिपेन्द्र जिसीले विज्ञप्ति जारी गरेर सही, सत्य र तथ्यमा आधारित सूचना र समाचार सम्प्रेषण गरी नेपाल प्रहरीलाई अनुसन्धान कार्यमा सहयोग गरिदिन आग्रह गरेका हुन् । तथ्य र वस्तुगत प्रमाणमा आधारित रहेर अनुसन्धानलाई सारभूत रुपमा निष्कर्षमा पुर्‍याउन नेपाल प्रहरी प्रतिवद्ध रहेको उनको भनाइ छ ।

केही दिनयता प्रकाशित, प्रसारित समाचारले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्तिमा लेखिएको छ, ‘हालका दिनहरुमा कतिपय अनलाईन तथा छापा मिडियाहरु र विभिन्न सामाजिक सञ्जालहरुमा प्रहरीबाट अनुसन्धानको क्रममा रहेको भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणहरुलाई ठगी गरी संगठित अपराध गरेको मुद्दाको विषयलाई लिएर गलत, मनोगत, अनुमानमा आधारित भ्रमपूर्ण समाचार सम्प्रेषण भएको सन्दर्भमा नेपाल प्रहरीको ध्यानाकर्षण भएको छ ।’

विज्ञप्तिको पूर्णपाठः
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय

हालका दिनहरुमा कतिपय अनलाईन तथा छापा मिडियाहरु र विभिन्न सामाजिक सञ्जालहरुमा प्रहरीबाट अनुसन्धानको क्रममा रहेको भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणहरुलाई ठगी गरी संगठित अपराध गरेको मुद्दाको विषयलाई लिएर गलत, मनोगत, अनुमानमा आधारित भ्रमपूर्ण समाचार सम्प्रेषण भएको सन्दर्भमा नेपाल प्रहरीको ध्यानाकर्षण भएको छ ।

यस्ता तथ्यहीन तथा भ्रामक समाचारबाट जनमानसमा गलत सूचना प्रवाह हुनजाने र मुद्दाको अनुसन्धानमा समेत नकारात्मक प्रभाव पर्नसक्ने भएकाले तथ्यमा आधारित रहेर मात्र सूचना सम्प्रेषण गर्न, गराउन हुन अनुरोध गरिएको छ । तथ्य र वस्तुगत प्रमाणमा आधारित रहेर अनुसन्धानलाई सारभूत रुपमा निष्कर्षमा पुर्‍याउन नेपाल प्रहरी प्रतिवद्ध छ । सही, सत्य र तथ्यमा आधारित सूचना र समाचार सम्प्रेषण गरी नेपाल प्रहरीलाई अनुसन्धान कार्यमा सहयोग गरिदिन हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।

दिपेन्द्र जिसी
प्रहरी वरिष्ठ उपरीक्षक 

nijgadh-supermart-adz1200-630