आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् मुख्य कार्यसुची
वि.सं.२०७९ साउन २४ मंगलवार ०८:००
759
shares

काठमाडौं । आज बिहान ११ बजे संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै छ। आजको बैठकको सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने संसद सचिवालयले जानकारी दिएको छ।
त्यसपछि बेपत्ता पारिएका ब्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन बमोजिम बाधा अड्काउ फुकाउ आदेश सदन समक्ष पेश गर्ने कार्यसूची रहेको छ। आगामी मंसिरमा हुने आम निर्वाचन महिलाको समानुपातिक सहभागिता गराउन आवश्यक भएको भन्ने जरुरी सार्वजनिक महत्वको विषयमाथि ध्यानाकर्षण गर्ने कार्यसूची रहेको छ।
वि.सं.२०७९ साउन २४ मंगलवार ०८:००

















