skip this

आज भोटो जात्राः साँझ ५ बजे राष्ट्रपति पौडेलको उपस्थितिमा भोटो देखाइने

960 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाइने भएको छ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत आज भोटो देखाउने जात्राको क्रममा राष्ट्रपति पौडेलको उपस्थितिमा आज भोटो देखाउन लागिएको हो ।

जावालाखेलमा आइपुगेको रातो मच्छिन्द्रनाथको रथवाट साँझ ५ बजे सो भोटो देखाईने गुठी संस्थान कार्यालय ललितपुरका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए । सबैभन्दा लामो जात्राको रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत ललितपुरको जावलाखेलमा भोटो देखाउन लागिएको हो।

रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटीचोकबाट जावलाखेल पुगेको चौथो दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा छ। वैशाख शुक्ल प्रतिपदामा सुरू भएर आषाढ शुक्ल चतुर्थीसम्म रातो मच्छिन्द्रनाथको रथयात्रा चल्छ। यससँगै मछिन्द्रनाथलाई सानो खटमा राखी बुङमतीमा लगेपछि जात्रा समापन हुनेछ।

nijgadh-supermart-adz1200-630