सरकारले रेशम चौधरीलाई रिहा गर्न ल्याएको अध्यादेशको ज्ञानेन्द्र शाहीले गरे विरोध
वि.सं.२०७९ मंसिर २८ बुधवार ०९:५७

काठमाडौं। सरकारले रेशम चौधरीलाई रिहा गर्न ल्याएको अध्यादेशको विरोध राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा जुम्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले गरेका छन्।उनले अध्यादेश तत्काल फिर्ता लिन सरकारसँग माग समेत गरेका छन्। उनले निर्वाचनको मतपरिणाम आइसकेको र केही हप्ताभित्रै प्रतिनिधिसभा बैठक बस्ने अवस्थामा सरकारले अध्यादेशमार्फत कानुन संशोधन गरेर अदालतबाट दोषी ठहर भएका व्यक्तिलाई आममाफी दिन खोजेको र कानुनको खिल्ली उठाएको बताएका छन् ।
उनले मन्त्रिपरिषद् बैठकले पठाएको अध्यादेश फिर्ता पठाउन राष्ट्रपतिलाई आग्रह गरेका छन्। प्रजातान्त्रिक मूल्य मान्यता र विधिको शासनमाथि धज्जी उठाउँदै कामचलाउ सरकारले अध्यादेश ल्याएको उनको आरोप छ । एक विज्ञप्ति जारी गर्दे गर्दै उनले यस्तो बताएका हुन । सरकारले राजनीतिक प्रकृतिका मुद्दा फिर्ता लिन भन्दै आइतबार अध्यादेश ल्याएको थियो। उक्त अध्यादेश पास गर्नका लागि राष्ट्रपतिसमक्ष पठाइएको छ।
वि.सं.२०७९ मंसिर २८ बुधवार ०९:५७

















