नक्कली प्रहरी बनेर लुटपाट गर्ने ८ जना कर्याप्यै !
वि.सं.२०७८ फागुन २० शुक्रवार १५:१८

काठमाडौं । प्रहरीले लुटेरा समूहका ८ जनालाई पक्राउ गरेको छ । फागुन १२ गते काठमाडौंको नयाँ बजारमा रहेको समृद्ध फार्मेसीका सञ्चालकलाई धम्काएर लुट्ने समूहका ८ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
फार्मेसी सञ्चालक राजेन्द्र साँकीलाई हामी प्रहरी हौँ तपाईको पसलमा अवैध औषधी विक्रि वितरण हुने गरेको सूचना आएकोले खानतलासी गर्न आएका हौँ भन्दै नगदसहित मोबाइल चोरी गर्नेहरु पक्राउ गरेका हुन् ।
पक्राउ पर्नेमा जुम्ला घर भइ एयरपोर्ट बस्ने २६ वर्षीय देवीप्रसाद धिताल, धादिङ घर भइ स्वयम्भु बस्ने ३० वर्षका शंकर रेग्मी
डडेल्धुरा घर भइ सानो भर्याङ बस्ने वर्ष २८ का हिक्मत महता र कञ्चनपुर घइ चत्रपथ बस्ने २७ वर्षका सुवाष रतोकी रहेका छन् ।
यस्तै कञ्चनपुर घर भइ मित्रनगर बस्ने ३२ वर्षका मिलन बोहरा, पाँचथर घर भइ मित्रनगर बस्ने भविन्द्र बेगा, दैलेख घर भइ मित्रनगर बस्ने २७ वर्षका योगेन्द्रबहादुर चन्द र प्युठान घर भइ सामाखुसी बस्ने २१ वर्षका कमल सुनार हेका छन् ।
उनीहरुले फार्मेसी सञ्चालकबाट सामसुङ एस २९ मोबाइल, घडी, ग्लोबल आइएमई बैंक खाताबाट इ सेवामा पठाएको १० हजार, कुमारी बैंकबाट इ सेवामा पठाएको १७ हजार र स्टार सेभिङको खातामा रहेको ३५ सय गरी ६५ सय लुटपाट गरेको प्रहरीले जनाएको छ।
उनीहरुको साथबाट ११ थान मोबाइल, १ थान घडी, नागरिकता प्रमाणपत्र एक थान, एटीएम कार्ड ५ थन र २ थान चेक समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
वि.सं.२०७८ फागुन २० शुक्रवार १५:१८
















