skip this

अभियुक्त शाहमाथि अनुसन्धानका लागि पुनः ५ दिनको म्याद थप

1.84K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैं । नाबालिगमाथि जबर्जस्ती करणी गरेको अभियोगमा तनहुँ प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहलाई जिल्ला अदालतबाट पुनः ५ दिनको म्याद थप गरिएको छ ।

अनुसन्धान पूरा नभएको भन्दै तनहुँ प्रहरीले अदालतमार्फत ५ दिनको म्याद थप गरेको प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।

यस्तै, मतियारको भूमिका निर्वाह गरेको भन्दै गत शुक्रबार पक्राउ परेका शाहका म्यानेजर कृष्णप्रसाद जोशीलाई पनि अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको उनले बताए ।

दुवै जनालाई जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा राखेर थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

नाबालिगलाई जबर्जस्ती करणीको आरोपमा शाहविरद्ध गत फागुन ११ गते तनहुँ प्रहरीमा जाहेरी दर्ता भएको थियो ।

जाहेरी दर्ता भएको ५ दिनमा शाह प्रहरीको सम्पर्कमा आएका थिए । अनुसन्धानका लागि पहिलो चरणमा ५ दिनको र दोस्रो चरणमा १२ दिनको म्याद थप भएको थियो ।

यस्तै, अभियुक्त शाह विरुद्ध गत फागुन १६ गते गैंडाकोटमा पनि जबर्जस्ती करणीको जाहेरी दर्ता भएको थियो ।

सोही जाहेरीमा अनुसन्धनका लागि उनलाई गत फागुन २४ गते नवलपरासी लगेर गत शुक्रबार पुनः तनहुँ ल्याइएको छ ।

नाबालिग जबर्जस्ती करणी अभियोगमा अनुसन्धानमा रहेका अभिनेता शाहविरुद्ध जिल्ला अदालत पूर्वी नवलपरासीमा बिहीबार मुद्दा दर्ता भएको छ ।

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ मा करणीसम्बन्धी कसूरको व्यवस्था दफा २१९ (२) दफाले कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मन्जुरी लिएकै भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिनेछ ।

nijgadh-supermart-adz1200-630