सुर्खेतको पञ्चपुरी नगरपालिकामा एमालेको अग्रता
वि.सं.२०७९ वैशाख ३१ शनिवार १०:५२
2.59K
shares

काठमाडौं । सुर्खेतको पञ्चपुरी नगरपालिकामा एमालेले अग्रता लिएको छ । नगर प्रमुखका एमालेले अग्रता लिएको छ भने कांग्रेस पछिपछि आएको छ । हाल ६०० मतगणना हुँदा एमालेका उम्मेदवार धनबहादुर थापाले ३१७ मत प्राप्त गरेका छन् भने कांग्रेसका लालवीर भण्डारीले २११ मत प्राप्त गरेका छन् ।
यस्तै, उपप्रमुखमा एमालेकी दुर्गाकुमारी जैसीले ३०० मत र कांग्रेसकी मुक्तिदेवी रेग्मीले २२६ मत प्राप्त गरेकी छन् । हाल पञ्चपुरी नगरपालिका–१ को मतगणना भइरहेको छ ।
वि.सं.२०७९ वैशाख ३१ शनिवार १०:५२

















