skip this

नेप्से ३५ अंकले घट्यो, २ अर्ब ६२ करोडको कारोबार

1.1K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं – साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा गिरावट भएको छ । शुक्रबार बजार परिसूचक नेप्से ३४।८५ अंक ९१।६२ प्रतिशत० ले गिरावट भएर २११३।३० अंकमा बन्द भएको छ ।

नेप्सेसँगै सामूहिक लगानी कोषबाहेक सबै उपसूचक घटेको छ । नेप्से घटेपनि दुई घण्टामात्रै कारोबार भएको बजारमा साढे २ अर्ब भन्दा बढीको सेयर किनबेच भएको छ । शुक्रबार ६४ लाख १६ हजार ६२९ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६२ करोड ६१ लाख ५५ हजारको कारोबार भएको हो ।

जसमध्ये शिवम् सिमेन्टको १५ करोड ६६ लाख २९ हजार र नबिल बैंकको १४ करोड १४ लाख १४ हजारको कारोबार भएको छ । बजारमा १७९ कम्पनीको सेयर कारोबार भएकोमा १५७ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा २१ कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै एक कम्पनीको सेयरमूल्य भने स्थिर छ । कारोबारमा आएकामध्ये जोशी हाइड्रोपावरको सेयरमूल्य ५।९१ प्रतिशत र उपकार लघुवित्तको सेयरमूल्य ३।९४ प्रतिशतले वृद्धि भएको छ ।

यता मैलुङ खोला जलविद्युत् कम्पनीको सेयरमूल्य ७।१८ प्रतिशतले गिरावट हुँदा गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सेयरमूल्य ६।४२ प्रतिशतले घटेको छ ।

nijgadh-supermart-adz1200-630