skip this

लमजुङका किसानलाई बाँदर धपाउन बन्दुक वितरण

1.02K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । लमजुङको दोर्दी गाउँपालिकाले कृषकलाई बाँदर धपाउन बन्दुक वितरण गरेको छ। गाउँपालिकाका ९ वटै वडाका कृषकहरूलाई ८० प्रतिशत अनुदानमा बाँदर धपाउने बन्दुक विरतण गरिएको हो।

बाँदरले आतंक मच्चाएपछि किसानहरूले अधिकांश खेतीयोग्य जमिन बाँझो छाडेका छन्। टुसाउँदै गरेका बिरुवादेखि पाकेर थन्क्याउन ठिक्क भएका बालीनालीसमेत बाँदरले नष्ट गर्न थालेपछि किसानले खेती गर्न छाडेका हुन्। बाँदर धपाउने बन्दुक वितरणले राहत महशुस भएको दोर्दीका किसान राम बहादुर थापा बताउँछन् ।

राष्ट्रिय आविष्कार केन्द्रबाट प्रतिबन्दुक दुई हजार सात सयमा खरिद गरेर कृषकलाई वितरण गरिएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताए । उनले भने बादरले बालीनाली खाएर कृषकले नोक्सानी बेहोर्नु परेपछि बन्दुक उपलब्ध गराएका हौँ ।

ुबाँदर धपाउन सजिलो होस भनेर पहिलो चरणमा १ सय २६ बन्दुक बाँडेका छौँ, अध्यक्ष अधिकारीले भने,यसको उपयोगिता राम्रो देखियो भने, पछि अरू पनि वितरण गर्ने गाउँपालिकाको योजना छ ।वडामा १४–१४ वटाका दरले १ सय २६ थान बन्दुक वितरण गरिएको छ। अन्न, तरकारी, फलफूललगायत बालीनाली बाँदरले सखाप पारेपछि दोर्दीका किसान चिन्तित थिए ।
a

nijgadh-supermart-adz1200-630