जसपाले विश्वासको मत दिने निर्णय गरेको छ : प्रचण्ड
वि.सं.२०७९ पुस २५ सोमवार १८:०५
708
shares

काठमाडौं-जनता समाजवादी पार्टी (जसपा)ले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
सरकारको न्यूनतम साझा कार्यक्रम प्रस्तुतपश्चात् बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपाको संसदीय दलको बैठकले निर्णय गरेको आफूलाई जानकारी आएको बताए ।
उनले भोलि लिइने विश्वासको मतमा पूरै संसद् आफूतिर उभिनेसमेत अपेक्षा रहेको बताए ।
वि.सं.२०७९ पुस २५ सोमवार १८:०५

















