प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन जसपामा ह्विप
वि.सं.२०७९ पुस २५ सोमवार १८:१३
840
shares

काठमाडौं-जनता समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ।
सोमबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन पार्टीका सांसदहरूलाई ह्विप लगाउने निर्णय गरेको हो।
‘प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन ह्विप लगाउने निर्णय भएको छ’, सांसद प्रदीप यादवले सेतोपाटीसँग भने,‘ भोलि हामी प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौ।’
संसदमा जसपाका १२ जना सांसद छन्।
वि.सं.२०७९ पुस २५ सोमवार १८:१३

















