आम नेपाली जनतासामु सरकारले के सन्देश दिन खोजेको ?–शेखर कोइराला
वि.सं.२०७९ फागुन १ सोमवार ०९:०६
756
shares

काठमाडौं । जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएको प्रति नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले असन्तृष्टि जनाएका छन् ।आज समाजिक सञ्जाल मार्फत आफ्नो धारणा नेता कोइरालाले प्रधानमन्त्री प्रचण्डले सार्वजनिक बिदा कटौती गर्ने भन्ने तर संबिधानले चिन्दै नचिनेको जनयुद्ध दिवसका नाममा सार्वजनिक बिदा दिएको भन्दै आपत्ति जनाएका हुन् ।
सरकारले आज ‘जनयुद्ध दिवस’ को अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । आइतबार मन्त्रिपरिषदको बैठक बसेर सो निर्णय लिइएको हो । उनले समाजिक सञ्जालमा लेखेका छन्,‘आम नेपाली जनतासामु सरकारले के सन्देश दिन खोजेको?देश कता जाँदैछश्र कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजिदैछ?’।
वि.सं.२०७९ फागुन १ सोमवार ०९:०६

















