skip this

टर्कीमा गएको भूकम्पमा परि मृत्यु हुँनेको संख्या ३३ हजार नाघ्यो

918 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ३३ हजार नाघेको छ।अझै कयौं बेपत्ता रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

टर्कीको ८१ प्रान्तमध्ये १० प्रान्तमा भूकम्पबाट अत्यधिक क्षति पुगेको छ। टर्कीको प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या टर्कीमा २९ हजार ६ सय ५ र सिरियामा ३ हजार ५ सय ७४ पुगेको छ। १ लाख भन्दा बढी मानिस घाइते भएर विभिन्न अस्पातलमा उपचार गराईरहेका छन्।दर्जनौं घाइतेको उद्धार कार्य जारी छ। एक सातासम्म पनि मानिसहरू भग्नावशेषमा पुरिएपछि मृतकको संख्या अझै बढ्न सक्ने समाचार संस्था एपीले जनाएको छ।

त्यस्तै प्रतिकूल मौसमका कारण खोज तथा उद्धारमा अवरोध भएको छ । यद्यपि उद्धारकर्मीहरू भग्नावशेषमा पुरिएकाहरूको खोजीमा जुटेका छन् । बेलायतलगायत देशले टर्कीए र सिरियाका भूकम्पपीडितका लागि आर्थिक सहायता तथा राहत सामग्रीका निम्ति सर्वसाधारण एवम् परोपकारी संस्थासँग आग्रह गरेका छन् । अमेरिकाले पनि सिरियामाथिको प्रतिबन्धले मानवीय सहायतामा अवरोध नहुने जनाउँदै सहायोगको घोषणा गरेको छ । अर्थमन्त्रालयले मानवीय सहायताका कार्यमा प्रतिबन्ध लागू नहुने बताएको छ ।

nijgadh-supermart-adz1200-630