skip this

जनयुद्ध दिवसमा दिएको बिदाको चौतर्फी विरोध, प्रधानमन्त्रीले ‘पूर्व देखाएर पश्चिम हाने –गोकुल बाँस्कोटा

891 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। जनयुद्ध दिवसको दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गर्नुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘मौकामा हिरा फोडेको’ नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले टिप्पणी गरेका छन्। आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै नेता बाँस्कोटाले प्रधानमन्त्रीले ‘पूर्व देखाएर पश्चिम हानेको’ बताएका हुन।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, केही समय अघिसम्म विदा बढी भयो भन्ने प्रधानमन्त्रीले पूर्व देखाएर पश्चिम हान्ने नीति लिएको तर्क गरेका हुन्।‘अस्तिसम्म बिदा बढी भो भन्थे–प्रम पुष्पकमल दाहाल किन रैछ भनेको त पूर्व देखाएर पश्चिम हान्न रैछ’, बाँस्कोटाले अघि भने, ‘तैं चुप मैं चुप। मौकामा हिरा फोर्नु बेमौकामा कौडी नछुनु भनेका त्सयै हैन रैछ पुर्खाले।’जनयुद्ध दिवसमा दिएको बिदाको बारेमा चौतर्फी विरोध भइरहेको छ ।

nijgadh-supermart-adz1200-630