skip this

सांसदहरुले मिटरब्याजीको संरक्षण नगरुन् : सांसद मनिष झा

2.51K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सांसद, जनप्रतिनिधि र स्थानीय प्रशासनले नै साहुकारको संरक्षण गरेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले राज्य पीडितको पक्षमा हुनुपर्नेमा पीडकको पक्षमा देखिएको बताए ।

मिटरब्याज पीडित ६ महिनाको बच्चा बोकेर सिरहादेखि १३ दिन हिँडेर काठमाडौं आएको भन्दै सांसद झाले यस्ता समस्यामा स्थानीय प्रशासनले समन्वय नगर्ने, जनप्रतिनिधिले पीडितको कुरा सुन्न नकार्ने प्रवृत्ति देखिएको बताए ।

‘यही सदनमा भएका सासदको आफन्त आवद्ध भएकाले हाम्रा साथीभाइले पनि साहुकार र पीडकको संरक्षण गर्छन्’ सांसद झाले प्रश्न गरे, ‘राज्य त कमजोरका लागि बनेको हो नि सबलका लागि त राज्य चाहिएकै थिएन नि । तर हामी किन कमजोरको संरक्षण गर्नुका साथै साहुहरुको संरक्षण गर्छौं ?’

उनले यो समस्या समाधानका लागि राज्य कसैको आत्महत्या पर्खिएर बसेको हो भन्ने प्रश्न पनि उठाए । सांसद झाले सांसदहरु र राजनीतिक संयन्त्रमा भएका नेताहरुलाई साहुकारको संरक्षण नगर्न पनि खबरदारी गरेका छन् ।

‘यहाँ भएका साथी र राजनीतिक संयन्त्रमा भएका साथीहरुलाई चेतावनीसहित आग्रह गर्न चाहन्छु कृपया ती साहुकारको संरक्षण नगर्नुस्’ उनले भने ।

भिडियो :

https://www.facebook.com/faraknepaltv/videos/669300951870368

nijgadh-supermart-adz1200-630