skip this

अहिले फेरि यही प्रक्रियामा जाँदा केही अनौठो लागेको छ–रवि लामिछाने

1.76K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । उपनिर्वाचनबाट उत्साहित र आशावादी रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलेबताएका छन् ।चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि आज बिहान उम्मेदवारी दर्ता गराएपछि उनले विगतमा पनि यही प्रक्रियाबाट निर्वाचित भएको र अहिले फेरि त्यही प्रक्रिया अपनाउँदा केही अनौठो लागे पनि आफू आशावादी रहेको बताए ।

‘पहिले यही प्रक्रियाबाट गएको, अहिले फेरि यही प्रक्रियामा जाँदा केही अनौठो लागेको छ,’ उनले भने, ‘राजनीतिक जीवनमा, मान्छेको जीवनमा भइरहने घटना हुन् ।’आफूले जीवनमा यस्ता किसिमका परिस्थितिहरुको सामना गर्दा केही अनौठो लागेको बताउँदै उनले भने, ‘म एकदमै आशावादी छु, उत्साहित छु ।’मतान्तर कति होला भन्ने प्रश्नमा उनले त्यो निर्वाचनपछि मात्र थाहा हुने बताए ।

nijgadh-supermart-adz1200-630