जीतपुरसिमराको आन्तरिक आयमा उल्लेख्य बृद्धि, वर्षौसम्म ठुला उद्योगबाट न उठेको सम्पति कर उठ्यो
वि.सं.२०८१ साउन १३ आइतवार २२:२४

बारा–बाराको जीतपुरसिमरा उपमहानगरको नेतृत्व गरिरहेका राजन पौडेलले नगरको आन्तरिक आय बृद्धिको योजनाले सफलता पाएको छ ।
तीन आर्थिक वर्षको तथ्याङकको विश्लेषण गर्दा आन्तरिक आय निकै बढेको देखिएको छ ।
विभिन्न शिर्षकको कर संकलन मार्फत आन्तरिक आय बृद्धि गर्न सफल भएको हो । लामो समयदेखि उठ्न नसकेको ठुला उद्योगहरुको सम्पत्ति कर संकलनमा ध्यान केन्द्रित गरेका मेयर पौडेलले त्यसमा प्राप्त गरेको सफलताले समग्र आय बृद्धिमा योगदान पुगेको छ ।
आर्थिक वर्ष २०७८/७९ मा ११ करोड ८६ लाख ६६ हजार ८२ रुपैँया, आ.ब. २०७९/८० मा १५ करोड ३७ लाख ८२ हजार १ सय ४० रुपैँया र आ.ब. २०८०/८१ मा २१ करोड ३५ लाख ५ हजार ५ सय ६२ रुपैँया आन्तरिक आय संकलन भएको छ ।
सम्पति करतर्फ आर्थिक वर्ष २०७८/७९ मा ४८ लाख २५ हजार २ सय १२, २०७९/८० मा १ करोड ७८ ला ५९ हजार ६ सय ८२ र २०८०/८१ मा ५ करोड ४३ हजार ९ सय ८० संकलन भएको छ ।
त्यसैगरि व्यवसाय करतर्फ आर्थिक वर्ष २०७८/७९ मा २१ लाख ५७ हजार ९ सय ७५, २०७९/८० मा ३७ लाख २७ हजार ५ सय १९ र २०८०/८१ मा ४६ लाख २१ हजार ४ सय ३८ रुपैँया संकलन भएको छ ।

त्यसैगरि नदिजन्य पदार्थतर्फ आर्थिक वर्ष २०७८/७९ मा २ करोड ५९ लाख ७४ हजार, २०७९/८० मा १ करोड ३८ लाख ४९ हजार ४ सय ८३ र २०८०/८१ मा ६ करोड ४६ लाख संकलन गरेको छ ।
त्यसैगरि कवाडी करतर्फ आर्थिक वर्ष २०७८/७९ मा १ करोड ३१ लख ८३ हजार ४ सय ७५, २०७९/८० मा २ करोड ६६ लाख १७ हजार १ सय ३९ रुपैँया र २०८०/८१ मा २ करोड १७ लाख ९९ हजार ९ रुपैँया संकलन भएको छ ।
त्यसैगरि भूमि/मालपोत करतर्फ आर्थिक वर्ष २०७८/७९ मा ७६ लाख ३० हजार ६ सय ७७ रुपैँया, २०७९/८० मा ९८ लाख ८० हजार २ सय २४ रुपैँया र २०८०/८१ मा १ करोड १६ लाख ३२ हजार ३ सय २९ रुपैँया संकलन भएको छ ।
त्यसैगरि नक्सा पासतर्फ आर्थिक वर्ष २०७८/७९ मा ३३ लाख ९५ हजार ५ सय ३० रुपैँया, २०७९/८० मा ७० लाख ९७ हजार ६६ रुपैँया र २०८०/८१ मा ४५ लाख १८ हजार ७ सय ६३ रुपैँया संकलन भएको छ ।
त्यसैगरि विज्ञापन करतर्फ आर्थिक वर्ष २०७८/७९ मा ११ लाख २० हजार र २०७९/८० मा १३ लाख २० हजार र २०८०/८१ मा १५ लाख ८४ हजार कर संकलन भएको छ ।
त्यसैगरि पटके करतर्फ आर्थिक वर्ष २०७८/७९ मा १८ लाख १८ हजार, २०७९/८० मा २७ लाख ६७ हजार ७ सय २२ रुपैँया र २०८०/८१ मा ९९ लाख १९ हजार ९ रुपैँया कर संकलन गरेको छ ।
त्यसैगरि अन्य कर आर्थिक वर्ष २०७८/७९ मा ४ करोड १२ लाख २२ हजार १३ रुपैँया, २०७९/८० मा ७ करोड ६६ लाख ३ हजार ३ सय ५ रुपैँया र २०८०/८१ मा ४ करोड १६ लाख ३७ हजार ३४ रुपैँया कर संकलन भएको छ ।
वि.सं.२०८१ साउन १३ आइतवार २२:२४

















